गुल्मी, २८ कात्तिक । डोजरले पल्टाएको ढुंगाले किचेर गुल्मीको अर्खलेमा आज विहान एक जनाको ज्यान गएको छ ।

 रेसुङ्गा नगरपालिका वडा नम्वर ४, अर्खले निवासी ३५ वर्षीय राम बहादुर दर्लामीको माथी भाडागाउँको मोटरबाटो खन्न चलि रहेकाे  डोजरले पल्टाएको ढुंगाले लागेर ज्यान गएको हो ।

Advertisement

उक्त दुर्घटनाको जानकारी पाई आफु घटनस्थल तर्फ जान लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले जानकारी दिए  । ढुंगाले लागेर मृतकको टाउको क्षतविक्षत भएको प्रत्यक्षदर्शी ज्ञान बहादुर दलार्मीले बताए ।

केहि दिन अघी मृत्यु भएका एकजना स्थानियको १३औं दिनको पुण्य तिथीमा भान्छा चलाउनको लागि  सुकेका दाउरा काट्न दर्लामी लगायतका स्थानीयवासी छहरा भन्ने जंगलका पुगेका थिए ।

एकछिन डोजर नचलाउन भन्दा भन्दै पनि डोजरवालाले अटेरी गरेर डोजर चलाउँदा दर्लामीको ज्यान गएको ज्ञान बहादुर  दर्लामीले आरोप लगाएका छन् ।

स्मरण रहोस यहि १ महिनाको अन्तरालमा त्यसै अर्खले नजिकै रैँदी भन्ने स्थानमा पनि माथि केकुलेको मोटरबाटो खनेको स्थान माथीबाट खसेको ढुंगाले लागेर एकजनाको ज्यान गएको थियो । उता जैसीथोक हाडहाडेमा पनी माथीबाट खसेको ढुंगाले लागे एक जना वृद्ध सख्त घाइते भएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!