काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नभए स्थानीय चुनावमा भाग नलिने निर्णय गरेको छ ।
राजधानीमा मंगलबार बसेको मोर्चा सम्मिलित दलको बैठकले परिमार्जन सहित संविधान संशोधन भए पनि पहिला केन्द्रको निर्वाचन गर्नुपर्ने र त्यसपछि मात्रै प्रदेश र स्थानीय निर्वाचन गर्नु पर्ने निर्णय गरेको तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले जानकारी दिए ।
उनले राज्य पुनर्संरचना आयोगले दिएको प्रतिवेदन अधुरो र अपुरो रहेको भन्दै जनसंख्याको आधारमा स्थानीय तहको संख्या निर्धारण हुनुपर्ने पक्षमा मोर्चा रहेको बताए ।

आजै बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी केन्द्र, कांग्रेस र मोर्चाको संयुक्त बैठकमा स्थानीय निर्वाचन सम्पन्न गरेर मात्र संशोधन पारित गर्न लाग्नुपर्ने प्रस्ताव गरेका थिए । सरकारले बैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने घोषणा गरेको छ ।

Advertisement

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!