जेरूसेलम, २७ कात्तिक ।  इजरायलका विभिन्न बारहरूले महिनावारीका समयमा महिलाहरूलाई रक्सीमा २५ प्रतिशत छुट दिने घोषणा गरेका छन् ।
महिनावारी भएका महिलाहरूलाई साँझ तथा बेलुकाको समयमा रक्सीमा विशेष छुट दिने व्यवस्था इजरायलका शहरहरूमा सञ्चालित  विभिन्न बारहरूले गरेका हुन् ।

Advertisement

महिलाहरूमा प्राकृतिक रूपमा हुने मासिक चक्र अर्थात् महिनावारीका समयमा मनोरञ्जन तथा अन्य कार्यमा उनीहरूको मन कम जाने भएकाले इजरायलका बारहरूले उक्त समयमा रहेका महिलाहरूलाई लक्षित गरी छुटको घोषणा गरेका हुन् ।

इजरायलको जाफा शहरका कतिपय बारहरूमा सोमबार, मंगलबार, बुधबार र शनिबार गरी सातामा चार दिन यस्तो छुट हुने घोषणा गरेका छन् ।

विभिन्न बारहरूले दिएको यस्तो छुटले महिनावारीका समयमा समेत महिलाहरूलाई मनोरञ्जनात्मक कार्यका सारिक गराउने बार सञ्चालकहरूको विश्वास रहेको छ ।-एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!