पोखरा, २७ कात्तिक । कास्की क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र अधिकारीले घरदैलोको क्रममा मतदाताको घरमा गाई दुहेका छन्। पोखरा लेखनाथ महानगरपालिकाको मासपारमा आइतबार घरदैलोको क्रममा गाई दुहेका हुन्।

Advertisement

निर्वाचनमा मत आफ्नो पक्षमा पार्न उम्मेदवारले जनतालाई काममा सहयोग गर्ने गरेका छन्। अधिकारीले पनि उनले चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रमलाई तिव्र बनाएका छन्।

उनीसंगै प्रदेशसभाका उम्मेदवार राजकाजी गुरुङ (करण) पनि भोट माग्न व्यस्त छन्। अधिकारी यसअघि २०६४ र २०७० मा पनि अधिकारी कास्कीबाट निर्वाचित भएका थिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!