
काठमाण्डौ, २७ कात्तिक । सातको दोश्रो दिन आज (सोमबार) सुनको भाउ बढेको छ । आईतबार प्रतितोला ५५ हजार ९ सयमा कारोबार भएको सुन आज प्रतितोला १ सय रुपैयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चादीँको मुल्य पनि बढेको छ आज चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
पूर्वका झापा, माेरड, सुनसरीमा भने अाज सुन प्रतितोला ५६ हजार ७ सय र चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।















