रोल्पा, २६ कात्तिक । चुनाव प्रचारमा हिँडेका नेकपा माओवादीका नेता वर्षमान पुनलाई लक्षित गर्दै अज्ञात समूहले गोली चलाएको छ। चुनावी कार्यक्रममा सहभागि हुन राङसेबाट इरिवाङ जाँदै गरेका पुनमाथि अज्ञान समूहले दुइखोली खोला नजिक एक राउन्ड गोली चलाएको थियो।

त्यसको जवाफमा उनको सुरक्षामा खटिएका प्रहरीले ८ राउन्ड गोली चलाएका थिए। इरिवाङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दको गाउँ हो। चुनावी प्रचार टोली माथि ढुंगामुढा समेत भएको थियो।

वाम गठवन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका पुनको सोमबार थवाङमा कार्यक्रम रहेको छ। यता सोमबार नै नेकपाले रोल्पा बन्दको आव्हान गरेको छ। गोली चले पनि इरिवाङको कार्यक्रममा पुन सहभागि भएका थिए।

यस अघि पुनलाई लक्षित गर्दै एम्वुस विस्फोट गराइएको थियो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!