
काठमाडौं, २६ कात्तिक । शिक्षा ऐन नवौ संशोधनले ७ लाख भन्दा बढि लाइसेन्स होल्डर र ६५ लाख भन्दा बढि उच्च शिक्षा अध्ययनरत विद्यार्थीमाथि अन्याय भइएको भन्दै तदर्थ विद्यार्थी संघर्ष समितिले शिक्षक सेवा आयोगमा तालाबन्दी गरेको छ ।
संशोधनप्रति आपति प्रकट गर्दै समितिले गत कार्तिक २३ गते २४ घन्टे अल्टिमेटम बुझाएको थियो । तर, त्यसकोसुनुवाइ नभएकोले शिक्षकसेवा आयोग अनिशिचत कालका लागि तालावन्दी गरिएको समितिले जनाएको छ । उसले आफुहरुकोे सहमती बिना ताला खोलिए त्यसपछि निम्तने खतराको जिम्मेवारी आयोगले लिनुपर्ने चेतावनी दिएको छ ।















