मलेसियामा जारी यू–१९ एसिया कपमा नेपालले दिएको १८६ रनको लक्ष्य पछ्याइरहेको भारतको पहिलो विकेट कमलसिंह ऐरीले लिएका छन्।

विस्फोटक पारी खेलिरहेका ओपनर हिमांशु रानालाई ऐरीले बोल्ड गरेका हुन्। ३८ बलमा ४६ रन जोडेका रानाले ७ चौका र १ छक्का प्रहार गरे।

समाचार तयार पारुञ्जेल भारतले १३ ओभरमा १ विकेट गुमाएर ६७ रन बनाएको छ। उसका मन्जोट कोर्ला १८ रनमा खेलिरहेका छन् भने अर्थव तेडी भर्खरै क्रिजमा आएका छन्।

त्यसअघि नेपाली कप्तान दीपेन्द्र सिंह ऐरीले कप्तान दीपेन्द्र सिंह ऐरीले ८८ रनको महत्वपुर्ण पारी खेलेपछि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर १८५ रन जोडेको हो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!