काठमाडौं, २६ कात्तिक ।  मकवानपुरको नेवारपानी भन्ने स्थानमा प्रहरीले हवाईफायर गरेको छ ।
शनिवार राती नेवारपानीका स्थानीयवासी हाँडीखोलमा बनभोज खाएर फर्कने क्रममा हेटौंडा महानगरपालिका–३ को राई टोलमा हर्न बजाएको भन्दै विबाद भएको थियो ।

Advertisement

 विवाद बढ्दै गएपछी गाडी चालकलाई हातपात गरेपछि स्थिति नियन्त्रणमा लिन सात राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले नेवारपानीका स्थानीययलाई साथ दिएको भन्दै राईटोल बासी प्रहरीसँग आक्रोशित भएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!