दाङ, २५ कात्तिक । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले केरुङबाट लुम्बिनी आउने रेल दाङ ल्याउने बताएका छन्। नेपाल राष्ट्रिय वाणिज्य संघ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले घोराहीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै महराले लुम्बिनीसम्म आउने रेलमार्गलाई दाङ ल्याउन आफूले पहल गर्ने बताएका छन्।

चीन भ्रमणका क्रममा रेल नेपाल ल्याउनका लागि त्यहाँको सरकारसंग सम्झौता गरेको बताउँदै उनले दाङलाई पश्चिम नेपालकै केन्द्र बनाउन खोजेको अवस्थामा लुम्बिनी आउने रेल दाङमा ल्याउने सपना आफूले देखेको धारणा राखेका हुन्।

चिनियाँ टोलीले लुम्बिनीमा रेल सञ्चालनका लागि प्रारम्भिक सर्वे समेत गरेको भन्दै महराले लुम्बिनी आउने पर्यटकलाई दाङमा भित्र्याउनका लागि भूमिका खेल्ने बताए।

दाङ प्रदेशको राजधानी बन्ने अन्तिम चरणमा रहेको उल्लेख गर्दै चुनावपछि गठन हुने सरकारले राजधानी तोक्ने महराले जानकारी गराए। प्रदेशको राजधानी दाङ हुने वित्तिकै दाङ लुम्बिनी, दाङ,स्वर्गद्वारी कुपिन्डेदह र रारासंग दाङलाई जोडर जिल्लाको विकास गर्ने महराले योजना सुनाए।

भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका नेता शंकर पोखरेलले राजधानी बनाउन भूउपयोगिताका हिसाबले यो जिल्ला अत्यन्तै सुगम रहेको भन्दै दाङको समृद्धिका लागि दुबै पार्टीले एउटै घोषणा पत्र मार्फत अगाडि बढेको बताए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!