काठमाडौँ, २५ कात्तिक । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचार गरेको आरोपमा नेदरल्याण्डका नागरिकलाई पक्राउ गरेको छ।

ब्यूरोबाट खटिएको टोलीले काठमाडौँको कोटेश्वरस्थित एक होटलमा यौन दुराचार गर्दैै गरेको अवस्थामा नेदरल्याण्डका नागरिक हेन्रीकुस एड्रिनस जोसेपस क्रियुजेसेनलाई शुक्रबार पक्राउ गरेको हो।

Advertisement

पक्राउ क्रियुजेसेनलाई यौन दुराचार अपराधअन्तर्गत जिल्ला अदालत काठमाडौँबाट मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

बाल दुराचार अपराधमा अधिकतम १३ वर्षसम्म कैद सजाय तथा पीडितलाई मनासिव माफिकको क्षतिपूर्ति समेत भराउने कानूनी व्यवस्था रहेको छ।-नागरिकन्युज

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!