
एजेन्सी, २५ कात्तिक । हिज्बुल्लाह नेता हसन नसरल्लाहले साउदी अरबले लेबनानविरुद्ध युद्ध चर्काएको आरोप लगाएका छन् । लेबनानी प्रधानमन्त्री साद अल हरिरीले पदबाट राजीनामा दिएको केही दिनपछि नेता नसरल्लाहको यस्तो भनाई सार्वजनिक भएको हो ।
हिज्बुल्लाह नेता नसरल्लाहले साउदी अरबलाई प्रधानमन्त्री हरिरीलाई जबरजस्ती रोकेर राखेको आरोप समेत लगाएका छन् । उनले साउदी अरवले इजरायलविरुद्ध युद्ध गर्न लेबनानलाई भड्काईरहेको समेत बताए । प्रधानमन्त्री हरिरीले रियादको एक टेलिभिजन कार्यक्रममार्फत आफ्नो ज्यान खतरामा रहेको भन्दै राजीनामा दिन बाध्य भएको बताएका थिए ।
हरिरीले इरान र हिज्बुल्लाहले समेत लेबनानमाथि अत्याचार गरेको आरोप लगाएका थिए । हरिरीले साउदी अरबको राजधानी रियादबाटै आफ्नो राजिनामा लेबनान पठाएका थिए ।















