काठमाडौं, २५ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वी पहाडको ताप्लेजुङबाट चुनावी अभियान सुरु गर्ने भएका छन्। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाले शनिबार ताप्लेजुङमा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

प्रम देउवाका सञ्चार विज्ञ गोविन्द परियारका अनुसार पहिलो चरणमा मंसिर १० गते हुने चुनावमा पार्टीलाई भोट माग्न देउवा पूर्वी पहाड जान लागेका हुन्।

शनिबार ताप्लेजुङसँगै देउवाले पाँचथर र सोलखुम्बुका सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ। पूर्वी पहाडको चुनावी सभा सकेर देउवा साँझ काठमाडौं फर्किने छन्।

दोस्रो चरणमा चुनाव हुने डडेल्धुराबाट वारेसनामामार्फत् उम्मेदवार बनेका देउवा आफ्नो क्षेत्रमा अफै पुगेका छैनन्।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!