काठमाडौं, २४ कात्तिक । मलेसियाका लागि नेपाली राजदूत निरन्जनमान सिंह बस्न्यात विवादमा तानिएका छन् । अवैधानिक  नेपाली कामदारलाई स्वदेश फर्कने प्रक्रिया महंगो बनाएपछि उनी विवादमा तानिएका हुन् ।

Advertisement

यस विषयमा दूतावासले सार्वजनिक सूचना प्रकाशित गरेपछि उनी विवादमा तानिएका हुन् । मलेसियामा  कार्यरत नेपाली श्रमिक तथा सघं–संस्थाहरु राजदूत बस्न्यातको कदम प्रति आपत्ति जनाएका छन् । राजदूतमाथि कमिशनको खेलमा प्रक्रिया महंगो बनाएको आरोप छ । यद्यपी यस विषयमा उनको प्रतिक्रिया केही आएको छैन् ।

नोभेम्वर ३ मा  दूतावासले मलेसियामा कार्यरत अवैधानिक नेपाली श्रमिकलाई स्वदेश फर्कन सूचना जारी गरेको थियो । उक्त सूचना अनुसार काम गर्दा नेपाली श्रमिकमाथि अन्याय हुने त्यहाँ कार्यरत श्रमिक तथा गैरआवासिय नेपाल संघका पदाधिकारीको भनाई छ ।

दूतावासले नेपाल फर्कन चाहने अवैधानिक श्रमिकहरु फेरि पनि दलालको चङ्गुलमा नफसुन् भनेर ‘स्वदेश फिर्ती’को लागि सूचना जारी गरेको दाबी गरेको छ । स्वदेश फर्कन चाहने अवैधानिक नेपाली श्रमिकहरुले स्थानीय कम्पनी हार्फासे रिसोर्स मार्फत प्रक्रिया अघि बढाउन दूतावासले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

स्थानीय हार्फासे रिसोर्स कम्पनीसँग दूतावासले नयाँ सम्झौता गरेको छ ।  नयाँ सम्झौताले नेपाल फर्कन चाहने अवैधानिक नेपाली श्रमिकहरुले सेवाशुल्कको लागि बढी रकम तिर्नुपर्ने भएको छ ।

नेपाल फर्कन चाहने श्रमिकले जरिवाना सहित करिब ३५ हजार नेपाली रुपैयाँ (१३५० मलेसियन रिंगेट) लाग्दै आएकोमा दूतावासको सम्झौतापछि श्रमिकले सेवा शुल्कको बापतको  थप १७ हजार ६ सय २८ रुपैयाँ (६७८ रिंगेट) आर्थिक भार व्यहोर्नु पर्ने भएको छ ।

ट्राभल डकुमेन्टका लागि १६० रिंगेट, हवाइ टिकट करिब ८ सय रिंगेट र मलेसिया सरकारलाई तिर्नुपर्ने जरिवाना शुल्क ४ सय रिंगेट  स्वदेश फर्कने चाहने श्रमिकले बुझाउनु पर्नेमा दूतावासको सम्झौताको पछि ६७८ रिंगेट भार थपिएको हो ।

राजदूत बस्न्यात माथि हार्फासेलाई ६७८ रिंगेट बुझाउनु पर्ने बाध्यकारी अवस्था सृजना गरे व्यक्तिगत लाभ लिएको  आरोप लागेको छ ।

गैरआवासिय नेपालीहरुको छाता सङगठन एनआरएनए मलेसियाका तत्कालीन सचिव सुनील चालिसे लगायतले राजदूत बस्न्यातविरुद्ध सर्वाेच्च अदालतमा ३६ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै रिट दायर गरेका थिए । अहिले उक्त मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।

पत्रपत्रिका नै बन्द गराए
राजदूतको हैसियतमा मलेसिया पुगेपछि बस्न्यातले पहिलो टार्गेट नै संचारमाध्यमलाई बनाएका थिए । उनले केही महिनामै ६ वटा साप्ताहिक नेपाली पत्रिकाको प्रकाशन बन्द गराएका थिए ।

मलेसियाको गृह मन्त्रालयलाई पत्राचार गरि पत्रिकाको प्रकाशन बन्द गराएको वस्न्यातलाई आरोप लागेको छ । नेपाली पत्रिकाले काम गर्न अप्ठारो परेको भन्दै बन्द गराउन मलेसियन गृह मन्त्रालयलाई राजदूतले पत्राचार गरेको वताइएको छ ।

राजदूत बस्न्यातले आतंककारीको आरोप लगाएर नेपाल फर्काएका एनआरएनका पूर्व अध्यक्ष महेन्द्रजंग शाह निर्दाेष प्रमाणित भएर हाल मलेसियामै व्यवसाय सञ्चालन गर्दै आएको वताइएको छ ।

बस्न्यात राजदूत भएपछि कहाँ कति बढी शुल्क तिर्नु प¥यो ?
बस्न्यात राजदूत भएर गएपछि मलेसिया जाने नेपाली श्रमिकले विभिन्न शीर्षकमा बढी शुल्क बुझाउनु परेको श्रमिकहरुको भनाई छ ।

कुन शीर्षकमा कति बुझाउनु पर्छ ?
१, मेडिकल– २ हजार ६२५ रुपयाँबाट वृद्धि गरी चार हजार ५०० बनाइएको ।
२ जीएसजी– तीन हजार दुई सय रुपैयाँ (थप गरिएको शीर्षक)
३. माइग्रेन्स– ३० अमेरिकी डलर (थप गरिएको शीर्षक)
४. ओएससी– तीन हजार दुई सय रुपैयाँ (थप गरिएको शीर्षक)
५. भीएलएन– तीन हजार दुई सय रुपैयाँ (थप गरिएको शीर्षक)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!