धनुषा, २४ कात्तिक । धनुषाको सवैलाबाट कटुवा पेस्तोलसहित २ जना पक्राउ परेका छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय धनुषाले भारतबाट ल्याउँदै गरेको कटुवा पेस्तोल सहित दुई जनालाई पक्राउ गरी सार्वजानिक गरेको हो । प्रहरीले सवैला नगरपालिका वडा नं.८ निवासी सकुर मियाँ र अनिल पासवानलाई पेस्तोलसहित पक्रउ गरेको हो ।

उनीहरुबाट एक थान पेस्तोल, एस.एल.आरमा लाग्ने तीन राउण्ड गोली र ज.८ प. ५०९६ नम्बरको मोटरसाईकल बरामद गरेको धनुषाका डिएसपी प्रविन घितालले जानकारी दिए ।

यसैगरी प्रहरीले १० किलो गाँजासहित अन्य तीन जनालाई पनि पक्राउ गरी सार्वजानिक गरेको छ । सवैला नगरपालिका वडा नं.१३ ढोलबजामा लुकाई छिपाई रहेको लागुपदार्थ सहित गणेशमान चारनाथ नगरपालिका वडा नं.३ निवासी कलसिया देवी महरा, देवेन्द्र महरा र राम अवतार महरालाई पक्राउ गरेको हो ।

पेस्तोलसहित पक्राउ परेकाहरुलाई हात हतियार खर खजाना ऐन अन्तर्गत र गाजासहित पक्राउ परेकाहरुलाई लागु औषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!