बाँके, २३ कात्तिक। नेपालगञ्जमा गएराति भएको सडक दुर्घटनामा परि एकजनाको मृत्युभएको छ भने एकजना घाइते भएका छन् ।

Advertisement

नेपालगञ्जको कारकाँदो चोक नजिकै भे १ ज ७२८ नम्बरको जिपमा भे ६ प ३९६ नम्बरको मोटरसाइकल ठोक्किँदा बाँके जिल्ला कोहलपुर नगरपालिका–३ किरणनालाका ४२ वर्षीय टोपबहादुर बस्नेतको मृत्यु भएको छ ।

सडक पार गर्दै गरेको गाडीमा मोटरसाइकल ठोक्किएर मोटरसाइकलमा पछाडी सवार बस्नेत गम्भीर घाइते भई नर्सिङहोममा उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मोटरसाइकल चालक बर्दिया बढैयाताल–१ का ३३ वर्षीय पूर्णबहादुर विसी घाइते भएका छन् । उनको नर्सिङहोम नेपालगञ्जमा उपचार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!