उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)- नेपाली पात्रो 
वि.सं. २०७४ साल कात्तिक २१ गते। मंगलबार। इश्वी सन् २०१७ नोभेम्बर ७ तारिख। नेपाल संवत् ११३८ कछलागा। मार्ग कृष्णपक्ष। तिथि– चतुर्थी, २६:४४ बजेउप्रान्त पञ्चमी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
धेरै बोल्नुभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। नयाँ काम सुरु गर्नुअघि शुभचिन्तक तथा सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला। मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ। रोकिएको काम बन्नेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
अवसर प्राप्त भए पनि परिस्थितिवश काममा बाधा होला। खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। आगन्तुकले अलमल्याउन सक्छन्। बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला। आफ्नो सूचना बाहिरिनाले अरूले फाइदा उठाउन सक्छन्। शुभचिन्तकहरूको मनोभाव विचार गरेर मात्र अघि बढ्नुहोला। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। दौडधुपमा समय बित्नेछ भने काममा विलम्ब हुन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आए पनि मध्याह्नदेखि व्यवसायले फाइदा दिनेछ। विभिन्न अवसर प्राप्त भए पनि अरूको उक्साहटमा लाग्दा हानि हुन सक्छ। आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
मिहिनेत गर्दा आम्दानी बढ्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। उठ्नुपर्ने रकम हातलागी हुनेछ। ऋणमोचन हुने सम्भावना छ। मध्याह्नपछि र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च बढाउन सक्छ। अर्थ संग्रहमा बाधा पुग्नेछ। तापनि लगनशील बन्दा नियमित काम सम्पादन हुनेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आँटेका काममा सोचेको नतिजा प्राप्त नहुन सक्छ। अभिभावक तथा पदाधिकारीसँग असमझदारी बढ्ने देखिएकाले सजग रहनुहोला। मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ भने प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् र दिगो फाइदा हुने काम हातलागी हुन सक्छ। आयस्रोत बढ्नाले तत्कालका आवश्यकता पूरा हुनेछन्।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
तारिफयोग्य काम सम्पादन हुनाले प्रसिद्धि बढ्नेछ। टाढिएका साथीभाइ नजिकिनेछन्। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। प्रतिष्ठित कामले लोकप्रिय बनाउनेछ। मध्याह्नदेखि विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। अरूका लागि श्रम र समय लगानी गर्नुपरे पनि मध्याह्नदेखि भाग्यले साथ दिनेछ। मिहिनेत गर्दा नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ। धार्मिक तथा सामाजिक कामले प्रतिष्ठा दिलाउनेछ। मिहिनेतले आत्मविश्वास बढाउनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
व्यापार–व्यवसायमा मनग्गे लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसायले यात्राको योग जुराउन सक्छ। रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ। मध्याह्नदेखि भने सानोतिनो समस्याले अल्झाउन सक्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला। श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य प्राप्त नहुन सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। हल्लाको भर पर्दा बित्थैमा दु:ख पाइनेछ। सुनिश्चित कामसमेत परिस्थितिवश रोकिन सक्छ। मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। कामको चापले जीवनशैली व्यस्त रहनेछ। परिस्थिति अनुकूल रहे पनि सुविधाका लागि खर्च बढ्न सक्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। मध्याह्नदेखि स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुन सक्छ। मध्याह्नदेखि बाधाहरू स्वत: हट्नेछन्। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
बेलामा होस नपुर्याउँदा समस्या होला। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। सहयोगीहरूले हात झिक्नाले समस्यामा परिनेछ। मध्याह्नदेखि उपलब्धिका लागि काम दोहोर्याउनुपर्ला। आफन्तहरू टाढिने डरले सताउनेछ। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!