भैरहवा, २० कात्तिक । सोमबार दिउँसो नेपाल एयरलाइन्सको विमान परीक्षण उडानका क्रममा भैरहवा विमानस्थलमा दुर्घटनामा पर्‍यो ।

विमानभित्र रहेका पाइलटलाई भाग्यवस केही भएन । चालकको मुख्य सिटमा बसेका व्यक्ति थिए- निगमले अयोग्य ठहर्‍याएर बर्खास्त गरेका निपेन्द्र भट्टराई ।

Advertisement

काठमाडौंबाट आएको विमान भैरहवा विमानस्थलमा ल्याडिङ गर्ने क्रममा सामान्य दुर्घटनामा परेको हो । यस विमानका मुख्य चालक बरिष्ठ क्याप्टेन भट्टराई थिए । उनी उडानमा लापरबाही गरेको आरोपमा गत जेठमा बर्खास्तीमा परेका व्यक्ति हुन् ।

निगमले बर्खास्त गरेपछि भट्टराईले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । अदालतले भट्टराईको पक्षमा आदेश सुनाउँदै उनलाई पुनर्बहाली गरी काममा लगाउनू भन्ने आदेश सुनाएको थियो ।

उडानमा लापरवाही गरेको आरोपमा नियमले अयोग्य ठहर्‍याएका उनै भट्टराईले विमान ल्याण्डिङ गर्ने क्रममा विमानको सन्तुलन नमिलेर टायर फुटेको निगम स्रोतले बतायो ।

स्रोतले अनलाइनखबरसँग भन्यो- ‘निगमले अयोग्य ठहर्‍याएको व्यक्तिलाई अदालतले काममा लगाउनू भनेका कारण हामीले बाध्य भएर भट्टराईलाई काममा लगाएका थियौं, तर दुर्घटनावस यस्तो दुःखद स्थिति आयो ।’

यद्यपि दुर्घटना के कारणले भएको हो भन्ने विषयमा छानविन गरिने भैरहवास्थित निगमका एक अधिकारीले अनलाइनखबरलाई बताए ।-अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!