प्रहरीका अनुसार उनीहरु ‘सुटर’ रहेको आशंकामा अनुसन्धान भइरहेको छ । पसलमा सामान किनिरहेको अवस्थामा हिजो साँझ उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ गर्न भारतीय प्रहरी समेत नेपाल आएको प्रहरी स्रोतले जनाएको छ । नेपाल भारतबीच सुपुर्दगी सन्धी नभएकाले पक्राउ गरेर भारतलाई बुझाउन समस्या पर्ने भन्दै नेपाल प्रहरीसंग समन्वय गरी भारतीय प्रहरी आएको स्रोतको भनाई छ ।
प्रहरी स्रोतका अनुसार पक्राउ परहेकाहरु भारतको राजस्थानमा आंतक मच्चाउने गिरोहका सदस्य हुन । हप्ता असुली देखि हत्या सम्मको आरोपमा मुद्दा खेपिरहेका उनीहरु पोखरामा लुक्न आएका हुन वा अन्य कुनै योजनामा भन्ने बिषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।