काठमाडौं, १८ कात्तिक । काठमाडौंका नयाँ बसपार्कका पंकज मल्लले आफू गुण्डागर्दी लगायका क्रियाकलापमा नलागेको दाबी गरेका छन् ।

शुक्रवार रातोपाटीमा प्रकाशित ‘काठमाडौंमा तीन श्रेणीका १३२ गुण्डा सक्रिय, कुन एरियामा कुन पार्टीको (सूचीसहित) शीर्षको समाचारमा आफ्ना नाम समेत प्रकाशित भएकोमा खण्डन गर्दै मल्लले भनेका छन्, ‘म यस्तो क्रियाकलापमा संलग्न नहुँदा पनि मेरो बारेमा यस्तो समाचार प्रकाशित हुनु मेरा लागी निकै दुःखद थियो ।’

प्रहरीले मल्ललाई बौद्ध, गौशाला, महाराजगञ्ज र चाविहल क्षेत्रमा क्रियाशिल गुण्डाको सुचीमा ‘ग’ बर्गमा बर्गीकरण गरेको भएपनि मल्लले प्रहरी प्रधान कार्यालयले नै आफूलाई ‘नो क्रिमिनल रेकर्ड’ उल्लेखित पुलिस रिपोर्ट दिएको बताएका छन् ।

बर्दियाको महम्मदपुर स्थायी घर भएका मल्लले आफू कांग्रेसको राजनितीमा सक्रिय रहेको र आफ्नै ब्यवसाय गरेर बसिरको बताए ।
उनले भने, ‘काठमाडौं होटल एसोसिएसनको सल्लाहकार हुँ, लोत्से बहुउद्देश्यीय प्रालीको एचआर मेनेजरको रुपमा क्रियाशिल छु, गुण्डागर्दीमा लागेको छैन् ।’

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!