गोरखा, १८ कात्तिक । गोरखा क्षेत्र नं. २ अहिले चर्चामा छ। चर्चामा यस कारण छ कि आसन्न प्रतिनिधिसभा  निर्वाचनमा नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ एउटै क्षेत्रमा प्रतिद्वन्द्वी छन्।

Advertisement

यी दुई उम्मेदवारले आ–आफ्नो जित सुनिश्चित भएको बताइरहेका वेला विवेकशील साझा पार्टीका उम्मेदवार नवराज थापाले पनि आपूmले जित्ने विश्वास गरेका छन्।

शनिबार गोरखा सदरमुकाममा पत्रकारहरुसँगको छलफलमा थापाले यस्तो बताएका हुन् । ‘अहिलेको ठूला भनिएका राजनीतिक दलका नेताबाट देशमा पद्धतिमा परिवर्तन आउन सक्दैन’ थापाले भने, ‘हाम्रो संगठन हरेक गोरखालीको घरघरमा छ।

युवाहरुमा हाम्रो भरोसा छ।’ यो पटकको चुनावमा राष्ट्रिय पार्टी र पाँच वर्षपछि देशको नेतृत्व लिने उद्देश्यले आफूले पनि उम्मेदवारी दिएको बताए। ‘बाबुराम र नारायणकाजी बाघ होलान्’ पत्रकारहरुले नारायणकाजी र बाबुरामको मात्र चर्चा गरेको भन्दै उनले गुनासो गरे, ‘हामी पनि गोरखाली हौँ।

उनीहरु बाघ हुन् भने म डम्मरु हुँ। अबको पाँच वर्षमा विवेकशील साझाका उम्मेदवार पनि बाघ बनेर निस्कनेछन्।’ त्यस्तै, गोरखा क्षेत्र नंं. १ का प्रतिनिधिसभा उम्मेदवार अमृत पुडासैनीले पुराना दलका नेताले विकास र समृद्धिको सपना बाँडेर काम नगरेको आरोप लगाए। ‘विकास र समृद्धिको नारा र सपना धेरै बाँडियो’ पुडासैनीले भने, ‘उहाँहरुले स्विटजरल्यान्डको सपना देखाउनुभयो, तर हाम्रो देशलाई नै स्विटजरल्यान्ड बनाउनेतर्फ काम गर्नुभएन।’

उनले पुराना दलहरुले चुनाबको बेलामा चित्र फेरेर समृद्धि नहुने भन्दै चरित्र फेर्न आग्रह गरे। गोरखा क्षेत्र नम्बर १ मा कांग्रेसका चिनकाजी श्रेष्ठ र माओवादी केन्द्रका हरि अधिकारी प्रतिस्पर्धामा छन्। अहिले चुनावमा उत्रेका ठूला दलका उम्मेदवारले शक्तिको दुरुपयोग गर्दै चुनाबमा तडकभडक गरेको उनीहरुको आरोप छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!