उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)- नेपाली पात्रो 
वि.सं. २०७४ साल कात्तिक १८ गते। शनिबार। इश्वी सन् २०१७ नोभेम्बर ४ तारिख। नेपाल संवत् ११३८ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– पूर्णिमा, ११:२४ बजेउप्रान्त प्रतिपदा।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। परिवारजनबाट टाढिनुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। तापनि, समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। चुनौती पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
मिहिनेतले आम्दानी बढाउनेछ। आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ। दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। तर आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। प्रतिफल हातपार्न केही समय लाग्नेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला। वचन पुर्याउन नसक्ता आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। जिम्मेवारी भने बढिरहनेछन्। आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ। तापनि मिहिनेतले फाइदा दिलाउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। मिहिनेत गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। तर विगतका कमजोरी बाहिर आउनाले समस्या पर्न सक्छ। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्। साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। लगनशीलताले लाभ दिलाउन सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। अरूका काममा धेरै समय खर्चनुपर्ला। विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपरे पनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ। शुभचिन्तकहरूको साथले कर्मयोग बलियो रहनेछ। तर अरूको भर पर्दा समस्यामा परिनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
परिस्थिति अनुकूल रहे पनि जीवनशैली व्यस्त रहला। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। भौतिक सुविधाको सोखले पनि खर्च निम्त्याउन सक्छ। बोली–व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। स्वास्थ्य प्रतिकूल रहे पनि समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। प्रयत्न गर्दा भैपरी आउने समस्या सुल्झाउन सकिनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। वादविवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। नजिकका सहयोगीहरूले हात झिक्नाले परिस्थिति आफ्नो पक्षमा नरहन सक्छ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। व्यवसायमा अपेक्षित फाइदा उठाउन नसकिएला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। दिगो फाइदा हुने काम सम्पादन हुनेछ। तर, गोपनीयता बाहिरिनाले काममा केही समस्या आइपर्ला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि तथा पशुधनले फाइदा दिलाउनेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला, बिस्तारै लाभ समेत हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। लगनशीलताले अवसर दिलाउनेछ। रोकिएको काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। चिताएको काम सम्पादन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!