ललितपुर, १७ कात्तिक । अगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बिहिबार देशभर मनोनयन दर्ता भएको छ ।

यसमध्ये ललितपुर जिल्लाको मनोनयन दर्ता सबैको चाँसोको विषय बनेको थियो । किनभने राजनीतिक मैदानमा उत्रदै थिए नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवाल ।

Advertisement

आइजिपीको दाबेदार रहेका सिलवाल सरकारसँगको लामो कानूनी लडाइँपछि प्रहरी सेवाबाट राजीनामा दिँदै सक्रिय राजनीतिमा होमिएका छन् ।

राजीनामा दिएपछि नेकपा एमालेमा प्रवेश गरेका सिलवालले ललितपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट आसन्न निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गरेपछि उनले मनोनयन दर्ता स्थलमा सुरक्षार्थ खटिएका प्रहरी अधिकारी र जवानहरुसँग हात मिलाएका थिए ।

प्रहरीको अफिसर हुँदा सल्युट खाने सिलवाल नेता भएपछि भने हरेक जवानसँग हात मिलाउँदै गरेको भेटिए । प्रहरी जवानहरु भने उनलाई सल्युट गर्ने कि हात मिलाउने भनेर अलमलमा देखिन्थे । उनीहरु पहिला सल्युट गर्थे अनि नेता बनेका आफ्ना पूर्व अफिसरसँग हात मिलाउँथे ।

ललितपुरको मनोनयन दर्ता स्थलमा यो दृश्य भने रोचक देखिएको थियो ।

चुनावमा बाम गठबन्धनबाट साझा उम्मेदवार बनेका सिलवालको भिडन्त नेपाली काङग्रेसका उदय शमशेर राणा र नयाँ शक्तिका दीपक लामासँग हुनेछ ।

राजनीतिको नयाँ परिक्षामा उनी पास हुन्छन् या फेल यो भने हेर्न बाँकी रहेको छ ।-रातोपाटी

भिडियो हेर्नुहोस्

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!