काठमाण्डाै, १६ कात्तिक ।  माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई जेल हालेर कम्युनिष्टहरूलाई प्रधानमन्त्री एवम् कांग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धनलाई ठूलो झट्का दिएका छन् ।

Advertisement

यस्तै अवस्था रह्यो भने कम्युनिष्ट पार्टीका उम्मेदवारहरू (जसका विरुद्ध उजुरी छ) लाई ठेगान लगाइ दिन्छु भन्ने सन्देश पनि देउवाले दिन खोजेका छन् । यो कुरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी ओलीले राम्रोसँग बुझेका छन् ।

देउवालाई नचलाउन ओली र प्रचण्डले ढुंगेल प्रकरणमा खुलेर प्रतिक्रिया दिएका छैनन् । उनीहरू डराएका छन् । किनभने ढुंगेल जेल पर्नु भनेको प्रचण्ड पनि तानिनु हो ।

अहिले नै प्रचण्डलाई जेल हाल्न सकिँदैन । तर, उनलाई अन्तर्राष्ट्रिय अदालत र नेपाली कानूनको मातहत ल्याउन सकिन्छ भन्ने सल्लाह कांग्रेसी नेताहरुले नै देउवासम्म पु¥याएका छन् ।

ढुंगेललाई पक्राउ गरेको अर्को दिन बुधबार बिहान प्रधानमन्त्री देउवाले ललितपुर क्षेत्र नं. १ बाट एमालेको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बन्ने तयारीमा रहेका नेपाल प्रहरीका पूर्व डिआईजी नवराज सिलवालका विरुद्ध एक्सन लिन निर्देशन दिएको स्रोत बताउँछ ।

स्रोतका अनुसार देउवाले कम्युनिष्टहरूलाई ठेगान लगाउन सिलवाललाई किर्ते काण्डमा पक्राउ गरेर कारबाही गर्न प्रहरीलाई दबाब दिएका छन् ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, एमालेका अध्यक्ष केपी ओली, विमलेन्द्र निधि, पुष्पकमल दाहाल प्रचण्डको आडमा सिलवालले आईजीपी बन्ने सपना देखेका थिए । तर, उनको सपना सफल हुन सकेन । बरु एमालेका क्याडर सिलवालले डिआईजी पदबाटै राजीनामा दिनु प¥यो ।

ढुंगेललाई जेल हालेर सरकारले कम्युनिष्ट पार्टीलाई थर्काएको अवस्थामा सिलवाललाई पक्राउ गरेर अझै मनोवल गिराइदिने योजना देउवाको रहेको छ । आईजीपी बन्ने नाममा प्रहरी संगठनभित्र सिलवाले किर्ते कागजात बनाएका थिए ।

उनले सर्वोच्च अदालतलाई पनि गुमराहमा राखेका थिए । किर्ते गरेको र चेनअफ कमाण्ड भत्काएको अभियोगमा सिलवाललाई कारबाही भएको छैन ।

सिलवाललाई कारबाहीको समय बल्ल आएको भन्दै देउवाले कारबाही गर्न प्रहरी नेतृत्वलाई दबाब दिइरहेको स्रोतको दावी छ । युनाईटेडपोष्ट साप्ताहिक

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!