भक्तपुर, १६ कात्तिक । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भक्तपुरमा एक लाख ७८ हजार मतदाताले मतदान गर्न पाउने भएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख उमेशकुमार राईका अनुसार ती मतदातामध्ये ८६ हजार ४८० पुरुष र ९१ हजार ६१४ महिलाका साथै पाँचजना तेस्रोलिङ्गी छन् ।
गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा भक्तपुरबाट एक लाख ६२ हजार ८८९ मतदाता थिए । पछिल्लो समय भक्तपुरमा १६ हजार ५७० जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख राईले जानकारी दिनुभयो ।
जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा क्षेत्र १ ९चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाको १० नं वडा० मा ४३ हजार ५५२ मतदाता छन् । यहाँ २२ मतदानस्थल र ५३ मतदान केन्द्र रहनेछ ।
उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा २ ९भक्तपुर नगरपालिकाको १ देखि ९ नं वडा० मा ५० हजार ६१२ मतदाता छन् । उक्त क्षेत्रमा १६ मतदानस्थल र ५८ मतदान केन्द्र रहेको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा निर्वाचन क्षेत्र १ ९सूर्यविनायक नगरपालिका०मा ४४ हजार ८९ मतदाता छन् । यहाँ २३ मतदानस्थल र ५४ मतदान केन्द्र रहेको छ ।
त्यसैगरी प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ को प्रदेशसभा निर्वाचन क्षेत्र २ ९मध्यपुर नगरपालिका०मा ३९ हजार ८४६ मतदाता छन् । यहाँ १७ मतदानस्थल र ४४ मतदान केन्द्र रहेको छ । भक्तपुरको चार नगरपालिकामा रहेको ३८ वडामा ७८ मतदानस्थल, २०९ मतदान केन्द्र रहने कार्यालयले जानकारी दिएको छ ।