काभ्रे, १६ कात्तिक । गुण्डा नाइकेका रुपमा चर्चित डन गणेश लामाले लोकतन्त्रको रक्षा र कम्युनिष्ट शासन रोक्नका लागि आफूलाई कांग्रेसले जिम्मेवारी दिएको बताएका छन् ।

Advertisement

काभ्रेपलान्चोक जिल्लाको क्षेत्र नम्बर १ क बाट प्रदेशसभा उम्मेदवार बनेका लामाले आफू गुण्डा नभई साहसी युवा भएको बताए । उनले भने- ‘म गुण्डा होइन, मलाई तत्कालिन राज्य र मिडियाले गुण्डा बनाएका हुन् ।’

लामाको प्रतिस्पर्धा एमाले सम्बद्ध युवा संघका उपाध्यक्ष चन्द्र लामासँग हुँदैछ । यसअघि फोरम लोकतान्त्रिकमा आबद्ध लामा पार्टी एकीकरणसँगै कांग्रेसको उम्मेवार बनेका हुन् ।

लामाविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा चलिरहेको छ । उनीविरुद्ध हातहतियार तथा खरखजना तथा फिरौतिको मुद्दा बिचाराधीन छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!