झापा क्षेत्र नम्बर ५ बाट अाफ्नाे उम्मेद्वारी दर्ता गराउने क्रममा एमाले अध्यक्ष केपी शर्मा अाेली । तस्बिर : राजु अधिकारी

झापा, १६ कात्तिक । आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि झापाका पाँच वटा क्षेत्रमा वाम गठबन्धन तथा नेपाली काँग्रेसका हेभीवेट नेताहरूले उम्मेद्वारी दर्ता गराएका छन्।

झापाबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वमन्त्री कृष्णप्रसाद सिटौलालगायतले आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन्।झापा क्षेत्र नम्बर १ मा काँग्रेसका विश्वप्रकाश शर्माले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् भने वाम गठबन्धनबाट एमालेका राम कार्कीले आफ्नो नाम दर्ता गराएका छन् ।

त्यसैगरी क्षेत्र नम्बर २ बाट काँग्रेसका उद्धव थापा र एमालेकी पवित्रा खरेल, ३ बाट वाम गठबन्धनको समर्थनमा राप्रपाका राजेन्द्र लिङ्देन र काँग्रेसका कृष्णप्रसाद सिटौला, ३ बाट काँग्रेसका देउकुमार थेवे का एमालेका एलपी साँवा र ५ बाट एमालेका केपी शर्मा ओली र काँग्रेसका डा. खगेन्द्र अधिकारीले उम्मेद्वारी दर्ता गराएका छन्।-नागरिकन्युज

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!