इटहरी, १६ कात्तिक । अागामी मंसिर  २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मनाेनयन दर्ता गर्ने बिहीबार अन्तिम दिन चलिरहदा सुनसरी एमालेमा भने भाडभैलाे मच्चीएकाे छ ।

Advertisement

चुनावी क्षेत्र बाडफाडमा एमाले प्रदेश नं १ का संयाेजक भिम अाचार्यले मनाेमानी गरेकाे भन्दै सुनसरी एमालेमा भाडभैलाे मच्चीएकाे हाे । प्रदेश संयाेजक अाचार्यले अाफ्नै पार्टीभित्रका बिराेधीहरूलार्इ सिध्याउने खेल खेलेकाे भन्दै उनकाे चर्काे अालाेचना बढेकाे छ ।

लामाे समयदेखी पार्टीमा रहेर महत्वपूर्ण भुमिका निर्वाह गर्दै अाएका पार्टीका कार्यकर्ताहरू अाचार्यकाे ब्यवहारलार्इ लिएर सामुहिक राजिनामा दिने तयारीमा जुटेका छन ।

कार्यकर्ताहरूले इटहरी उपमहानगरसहित एमालेले जितेका क्षेत्र समेटिएको  क्षेत्रमा यसअघि निर्वाचित सांसद रेवतीरमण भण्डारीलाई रोक्न आचार्यले जनमतमा कमजोर रहेको माओवादीलाई दिलाएको आरोप लागेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!