इटहरी, १५ कात्तिक । आगामी मसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुनसरी जिल्लाबाट चार लाख ७४ हजार ८३१ मतदाताले मतदान गर्ने भएका छन् ।

Advertisement

स्थानीय तह निर्वाचनमा चार लाख २१ हजार १५९ मतदाता रहेकामा यस पटक ५३ हजार ६७२ बढी मतदाताले मतदानमा भाग लिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा छनोट हुने सदस्यका लागि यस जिल्लाबाट दुई लाख ४७ हजार ८३६ महिला र दुई लाख २६ हजार ९९५ पुरुषले मतदानमा भाग लिने भएका छन् ।

चारवटा क्षेत्रबाट चार प्रतिनिधिसभा सदस्य र आठ प्रदेशसभा सदस्यका लागि हुने यस जिल्लाको निर्वाचनका लागि १६६ मतदान केन्दमा ५२७ वटा मतदान स्थल तोकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भक्तबहादुर भट्टराईले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!