कैलाली, १५ कात्तिक । नेकपा एमालेले निवर्तमान सांसद मोहनसिंह राठौरलाई कारबाही गरेको छ । कैलाली क्षेत्र नं. २ बाट दोस्रो संविधान सभाबाट निर्वाचित सांसद राठौरले पार्टीे हित विपरित काम गरेको भन्दै एमाले प्रदेश नं. ७ ले साधारण सदस्य नरहने गरी कारबाही गरेको हो ।

राठौर एमालेबाट दुई पटक गाउँविकास समिति अध्यक्ष, दुई पटक जिल्ला विकास समितिको उम्मेदवार, दुई पटक संसदको उम्मेदवार, एक पटक सांदमा विजयी भएका थिए । पूर्व शिक्षा राज्यमन्त्री समेत भएका थिए ।

Advertisement

राठौर अरु कसैले अवसर पाउनु नहुने अलोकतान्त्रिक र सामन्ती सोचबाट ग्रसित भएका व्यक्ति भएको नेकपा एमाले प्रदेश नं. ७ प्रदेश संगठन कमिटीका संयोजक भीम रावलद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

राठौरलाई स्थानीय निर्वाचनमा समेत नेकपा एमालेका उम्मेदवारहरुलाई हराउने भूमिका खेलेको आरोप लागेको थियो । एमाले उम्मेदवारलाई खुलेर हराउन लागेको भन्दै राठौरलाई कारवाही हुनुपर्ने जिल्ला कमिटीले निर्णय यस अघि नै गरिसकेको थियो ।

राठौर  हिजोमात्रै काँग्रेस प्रवेश गरेका थिए । उनलाई क्षेत्र नं. २ बाट काँग्रेसले प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।-रातोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!