Goma Dhungana

जापान–जापानमा नेपाली युवाहरुको सक्रियतामा गठित नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबको बुधवार एक समारोहको बिच उद्घाटन गरिएको छ ।

Advertisement

कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लव धुम्बाराहीका अध्यक्ष तथा गैर आवसिय नेपाली संघ एसिया प्यासिफिक उपसंयोजक रोबिन्द्र प्रसाद श्रेष्ठ(गोबिन्द),बिशेष अतिथि गैर आवसिय नेपाली संघ जापानका उपाध्यक्ष टंक गैरे,बिशेष अतिथि नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल पर्यटन बोर्ड जापानका लागि पर्यटन दुत एवम् गैर आवसिय नेपाली संघ जापानका महासचिव अनुज थापाले विश्व जलवायु परिवर्तनको असरबाट अपनाउन बिरुवामा जलापर्ण र बिश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथाको फोटोको अनावरण गरि कार्यक्रम उद्घाटन गरे ।

कार्यक्रममा बिशेष अतिथिहरु गैर आवसिय नेपाली संघ जापानका उपाध्यक्ष टंक गैरे, हामी नेपाली हाम्रो नेपाल अभियानका संयोजक धर्मराज अधिकारी ,एनआरएन क्युसुका संयोजक किरण बर्माले नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबलाई प्रगतीको कामना गरे ।

कार्यक्रममा सहभागि बक्ताहरुले नेपाल जापान फ्रेन्डसिप लायन्स क्लब जापानमा नेपालीको पहिलो लायन्स क्लब रहेकोले क्लबले जापानीजहरुसगँ सहकार्य गर्दै नेपालको लागि टेवा पुग्ने काम गर्ने बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement