काठमाडौं, १५ कात्तिक । झापा निर्वाचन क्षेत्र नं ३ मा कांग्रेसका पूर्व महामन्त्री तथा प्रभावशाली नेता कृष्ण सिटौला र राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनबीच चुनावी प्रतिश्पर्धा हुने निश्चित भएको छ । झापाका यी दुवै नेता प्रभावशाली भएकाले निर्वाचन परिणाम कसको पक्षमा आउने हो भन्ने कौतुहलता मतदाताबीच बढेको छ ।

Advertisement

झापा ३ मा सुरुमा कांग्रेसले राप्रपाका राजेन्द्र लिङदेनलाई छोड्ने भनेपनि अन्तिममा सिटौलाले नमान्दा लिङदेन र सिटौलाबीच नै प्रतिश्पर्धा हुने भएको हो । दुवै नेताले ३ नम्बर क्षेत्र छोड्न नमानेपछि राप्रपाका लिङदेन कांग्रेस गठबन्धन छाडेर बाम गठबन्धनको सहयोगमा यो क्षेत्रबाट चुनाव लड्ने निर्णयमा पुगेका छन् ।

बाम गठबन्धनले झापा ३ मा  राप्रपालाई सघाउने निर्णय नै गरिसकेको छ । गठबन्धनको यो निर्णयपछि सिटौलालाई चुनाव जित्न धेरै मेहनत गर्नुपर्ने देखिएको छ ।
यो क्षेत्रमा केचनाकवल,हल्दीबारी र बाह्रदशी गाउँपालिकासँगै भद्रपुरको वडानम्बर १ देखि ८ सम्म र विर्तामोड नगरपालिकाको वडानम्बर १० पर्छ ।

गत स्थानीय तहको निर्वाचनमा सो क्षेत्रबाट एमालेले १९ हजार ८ सय ८० मत पाएको थियो भने कांग्रेसले २०हजार ५४४ मत पाएको थियो । त्यस्तै माओवादी केन्द्रले ९ हजार ५८८ मत पाएको थियो भने राप्रपाले १४ हजार १०८ मत पाएको थियो । त्यसैगरी संघीय समाजबादी फोरमले ७८६ मत पाएको थियो ।

यहि आधारमा अहिले एमाले, माओवादी र राप्रपाको मत जोडदा ४३ हजार ५७६ हुन्छ । जबकी कांग्रेस र अरु तीनदलबीचको मतअन्तर नै २३ हजार  ३२ हुन आउछ । यो मतान्तर घटाउन कांग्रेसका लागि निकै ठुलो पापड बेल्नुपर्ने देखिन्छ ।

आगामी मंसिर २१ गते प्रदेश नम्बर १ मा पर्ने झापासँगै इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, मोरङ र सुनसरीका सात जिल्लामा प्रदेश तथा प्रनिनिधि सभा निर्वाचन हुँदैछ ।-रातोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!