काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिशमसलाई राष्ट्रिय पर्व घोषणा गरि सार्वजनिक विदा दिने र देशभर समाधिस्थलको व्यवस्था मिलाउने प्रतिवद्धता जनाएका छन् ।

Advertisement

सोमबार ख्रीष्टियन महासंघ नेपाल नेतृत्वको टोलीको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले त्यस्तो प्रतिवद्धता जनाएका हुन् । ज्ञापन पत्रमा महासंघले ख्रीष्टियन समुदायको मृत्युसंस्कार जस्ता संवेदनशिल विषयलाई ध्यानमा राखी समाधिस्थलको देशभर व्यवस्था गर्न माग गरेका थिए ।

अहिलेसम्म सरकारले ख्रिष्टियन समूदायको समाधीका लागि व्यवस्था गरेको छैन । यस्तै उनीहरुले २०ं६४ सालदेखि दिदैँ आएको ख्रीष्टमस डे का दिन सार्वजनिक विदा दिनुपर्ने माग राखेका थिए । सो क्रममा प्रधानमन्त्री देउवा उनीहरुको माग सम्वोधन गर्न सहमत भएका हुन् । उनले आगामी पुस १० गते हुने क्रिशमस डे का दिन पनि सार्वजनिक विदा दिने प्रतिवद्धता जनाएका छन् ।

यस्तै प्रधानमन्त्री देउवा यसअघि ख्रिटियन समूदाय र सरकारवीच भएको ३ वुँदे र ६ बुँदे सहमति कार्यान्वयनका लागि समिति गठन गर्न पनि सहमत भएका छन् । उनले सरकारसँग भएका सहमति यथासिघ्र कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका हुन् ।

ख्रिष्टियन समुदायका राष्ट्रिय सरोकारका विषयहरुमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.जी. गहतराज नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री निवास वालुवाटारमा भेटेर सोमबार ज्ञापन पत्र बुझाएको हो ।

उक्त भेटमा हालै पारित गरिएको फौजदारी विधेयकको विषयमा समेत छलफल भएको थियो । सो क्रममा प्रधानमन्त्री देउवाले सबै धार्मिक समुदायलाई यो विधेयकले वाधा व्यवधान नगरेको र ख्रीष्टियन समुदायलाई कुनै हल्लाको पछि नलागि ढुक्क भएर आफनो धार्मिक आस्था अनुसार रहन सुझाव दिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!