गुल्मी, १३ कात्तिक । वुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटनामा मृत्यु हुनेको संख्या नाैं पुगेको छ ।
६ जनाको घटनास्थल मै मृत्यु भएको थियो भने घाइते भएका तीन जनाको उपचारका लागि लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका क्रममा मृत्यु हुने मध्ये एक जना गाडी चालक रहेको प्रहरीले बताएको छ ।
मृत्यु हुनेहरूमा ३ जना महिला र ६ जना पुरूष रहेका छन् । घाइते हुनेहरूमा ५ जना पुरूष, दुर्इ जना बालवालिका र एक जना महिला रहेको ट्राफिक प्रहरीले जनाएको छ ।
मृतक र घाइतेको सनाखत भने हुन सकेको छैन् । अाफन्तहरू सम्पर्कमा नअाउन अहिलेसम्म सनाखत नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
घाइतेहरूको पाल्पाकाे मिसन अस्पतालमा उपचार भइरहेको छ ।
सोमबार बिहान तम्घासका लागि छुटेको बा४ख ५५०१ नम्बरको माईक्रो गुल्मीदरबार गाउँपालिका-४ मा दुर्घटना भएको हो ।
दुर्घटनाको कारण खुल्न सकेको छैन् । गाडीमा चालक सहित १७ जना रहेको बुझिएको छ ।