संगालोखबर


विराटनगर । जलवायु परिवर्तन सम्बन्धी राष्ट्रव्यापी अन्तरकलेज वक्तृत्वकला प्रतियोगितामा विराटनगरको मेरिल्याण्ड कलेजकी प्रेरणा प्रियम मेहता चौथो भएकी छन् ।

एसटीयू सेन्टर नेपालले आयोजना गरेको प्रतियोगितामा कक्षा ११ मा अध्ययनरत मेहता प्रथम राउन्ड पार गर्दै दोस्रो राउन्डबाट चौथो (सान्तवना) भएकी हुन् ।

Advertisement

अनलाइन माध्यमबाट आह्वान गरिएको प्रतियोगितामा देशभरबाट ९८ कलेजले भाग लिएका थिए । अनलाइनमा प्राप्त भ्युजको ५० प्रतिशत र निर्णायकको ५० प्रतिशत मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने विद्यार्थीले एक लाख नौ हजार नगद राशि प्राप्त गर्दा मेरिल्याण्डकी प्रेरणाले नगद नौ हजारसहित प्रमाणपत्र प्राप्त गरेकी छन् । पढाइमा अब्बल प्रेरणाले ९८ जना प्रतिस्पर्धीलाई पछि पार्दै चौथो स्थान प्राप्त गरेकी प्रिन्सिपल लक्ष्मण ढकालले बताए ।

कलेजले नियमित आयोजना गर्ने अतिरिक्त कृयाकलापमा पनि उनले सक्रिय रूपमा भाग लिने गरेको ढकालले जानकारी दिए । प्रतियोगिताको निर्णायकहरूमा प्रा.डा. जीवलाल सापकोटा, डा. गीता त्रिपाठी र जलवायु विज्ञ विजय हितान रहेका आयोजक संस्थाका संयोजक प्रज्वल अधिकारीले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!