संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिका ४७ सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरिने भएको छ । महानगरले सूचना जारी गर्दै प्रधानाध्यापक नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।

रिक्त रहेका तथा बहालवाला प्रधानाध्यापकको पदावधि सकिन एक महिना बाँकी रहेका १६ वटा मावि र ३१ वटा आधारभूत विद्यालयमा खुला प्रतिस्पर्धामार्फत प्रधानाध्यापक नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको महानगरले जनाएको छ ।

Advertisement

विराट महेन्द्र रात्री माध्यमिक विद्यालय, पोखरिया मावि, दीपज्योति मावि, जनता मावि, गोग्राहा मावि, विराट बहिरा मावि , शिक्षा सदन मावि , आदर्श बालिका मावि, सत्यनारायण मावि, गायत्री संस्कृत मावि, सरस्वती मावि , जनपथ मावि, बाल मावि रानी, बाल मावि जतुवा, जनविकास मावि र सार्वजनिक माविमा खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्न लागिएको हो ।

यस्तै शिव आधारभूत विद्यालय, सयपत्री परोपकार आवि, शंकरपुर आवि, सहिद आवि, मदननगर आवि, ज्योति आवि, श्री आधारभूत विद्यालय, सिद्धकाली आवि र जनचेतना आविमा पनि खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्न लागिएको शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुङ्गेलले जारीगरेको सूचनामा उल्लेख छ ।

बाल मन्दिर आवि, सत्यनारायण आवि, ज्ञान निकुञ्ज आवि, सुशिक्षा निकुञ्ज आवि, भानु मोरङ आवि, आदर्श आवि, नारायण आवि, अरुणोदय आवि, जनता आवि दरैया, जनता बाल कल्याण आवि, जनता बाल आवि, विष्णु आवि र विद्याविकास आविमा पनि प्रधानाध्यापक नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ ।

महामाया भगवती आवि, रघुपति आवि, जनता आवि खोक्साहा, राम आवि, विराट आवि, दिघी आवि, पञ्चकन्या आवि, शिवजी आवि र जागृति आधारभूत विद्यालयमा खुल्ला प्रतिष्पर्धाबाट प्रधानाध्यापक नियुक्ती गरिँदै छ ।

नगर शिक्षा समितिको निर्णयअनुसार शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ९३ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी उपनियम ६ अनुसार नियुक्ति हुन नसकी रिक्त रहेका पदमा नयाँ नियुक्तिका लागि आवेदन माग गरिएको महानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

इच्छुक तथा योग्यता पुगेका विद्यालयमा कार्यरत स्थायी शिक्षकहरूले मंसिर २३ गतेसम्म तोकेको प्रक्रिया पूरा गरी दरखास्त दिन सक्ने महानगरको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!