
विराटनगर । नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी) को एकैपटक सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले एसपीहरूको सरुवा गर्ने निर्णय गरेका हुन् ।
जसअनुसार मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालको पनि सरुवा भएको छ । उनी प्रहरी प्रधान कार्यालय प्रहरी निरीक्षकको सचिवालयमा सरुवा भएका हुन् ।
अब एसपी दिलीपकुमार गिरी मोरङमा प्रहरी प्रमुख भएर आउने भएका छन् । सरुवा हुनुअघि उनी नेपाल प्रहरीको साइबर ब्युरो (अपराध अनुसन्धान शाखा, भोटाहिटी, काठमाडौं) मा कार्यरत थिए । सुनसरीमा यसअघि काज सरुवा भएका पुष्पराज मल्लको दरबन्दी कायम गरिएको छ ।
उदयपुरमा धर्मराज भण्डारी, बारामा कुमार विक्रम थापा, तनहुँमा नरेशराज सुवेदी, बाँकेमा नवराज मल्ल, सिन्धुपाल्चोकमा निरञ्जन दत्त भट्ट र पूर्वी नवलपरासीमा निर्मल बुढाथोकीलाई जिम्मेवारी तोकिएको छ ।

संगालोखबर 



















