
विराटनगर । नेपाल पत्रकार महासङ्घले पत्रकारहरूको सामूहिक गिरफ्तारीको माग गर्दै धर्ना दिएको । आज पत्रकार महासङ्घ मोरङले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको हो ।
‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लगायतका नारासहित धर्ना कार्यक्रम आयोजना भएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेप, पत्रकारमाथिको धरपकड र श्रम अधिकार उल्लङ्घनको विरोधमा कार्यक्रम भएको महासङ्घले जनाएको छ । विराटनगरसँगै देशभर पत्रकारहरूले विरोधको कार्यक्रम आयोजना गरेका छन् ।

संगालोखबर 



















