
विराटनगर । विराटनगर-४ इक्राहीस्थित उखुबारीमा घोप्टो परेको अवस्थामा एक युवकको शव फेला परेको छ । आज दिउँसो करिब २६ वर्षीय युवकको शव उखुबारीभित्र भेटिएको हो ।
प्रहरीका अनुसार मृतक युवकको दाहिने कानमा चोट लागेको छ । मृतक युवकको पहिचान खुल्न बाँकी रहेको मोरङ प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

संगालोखबर 



















