
काठमाडौं । प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो १ः४५ बजे नेपाल वायु सेवा निगमको नियमित उडानमार्फत भारतको राजकीय भ्रमणमा जाने भएका छन् ।
भारत भ्रमणबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको प्रेस ब्रिफिङ अनुसार भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत सहभागी हुनेछन् ।
प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम तय भएको छ । वार्तामा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न परियोजनाबारे छलफल हुनेछन् ।
दुई दिने भारत भ्रमण सकेर प्रधानमन्त्री शाह सोमबार साँझ ६ः३५ बजे स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण लगायतका विषयमा निर्णय लिन आज मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

संगालोखबर 



















