सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ सिधुवा बजारबाट मनमोहक हिमश्रृङ्खला देख्न सकिन्छ । महालक्ष्मी नगरपालिका-९ आहाले गाउँसँगै देखिएको मनमोहक हिमश्रृङ्खलाले सबैको मन लोभ्याउने गरेको छ ।

पछिल्लो समय सिधुवा बजार पर्यटकीय गन्तव्यकारूपमा परिचित छ । सिधुवा पूर्वको पर्यटकीय स्थलकारूपमा परिचित हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटकहरू घुम्न आउने क्रम बढ्दो छ ।

Advertisement

यहाँबाट खुलेको मौसममा विश्वकै होचो अरुण उपत्यका समेत देख्न सकिन्छ । यो स्थान समुद्र सतहदेखि करिब १९ सयदेखि २ हजार मिटरको उचाइमा छ । यहाँबाट खुलेको मौसममा हरियाली डाँडाकाँडा, अरुण उपत्यका र विभिन्न हिमश्रृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!