सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाका दुई जना सशस्त्र प्रहरी जवान मनाङको ६ हजार ३८ मिटर अग्लो चुलु हिमालको आरोहण गरेर उद्धार तालिममा सहभागी भएका छन् ।

मनाङमा सञ्चालित सि.नं. ३ उन्नत उच्च हिमाली खोज तथा उद्धार अन्तरगत सशस्त्र प्रहरी बल, पर्वतीय उद्धार तालिममा उनीहरू सहभागि भएका हुन् ।

Advertisement

तालिममा सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर, झापामा कार्यरत प्रहरी जवान टेकेन्द्र आले मगर र सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हे.क्वा. छिन्ताङ धनकुटामा कार्यरत प्रहरी जवान प्रदिप श्रेष्ठ रहेका छन् ।

मगर महालक्ष्मी नगरपालिका-१, स्थित मारेककटहरे र श्रेष्ठ सहिदभूमि गाउँपालिका-२ का हुन् । उनीहरू मनाङमा दुई महिनासम्म हिमाली खोज तथा उद्धार अन्तरगत सशस्त्र प्रहरी बल, पर्वतीय उद्धार तालिममा सहभागि भएका छन् ।

दुई महिना सम्म सञ्चालित तालिम कात्तिक २९ गते सम्पन्न भएको थियो । शसस्त्र प्रहरी जवान श्रेष्ठका अनुसार ३४ जना प्रशिक्षार्थी र ९ जना प्रशिक्षकसहित ४३ जना सहभागि थिए ।

अत्यधिक चिसो, हिमपहिरोको जोखिम र अक्सिजनको कमीका बाबजुद चुलु हिमालमा पुगेर तालिम लिएको उनले बताए । यस्तै चुलु हिमालको चुचुरोमा टोलीले खुसीका साथ नेपालको राष्ट्रिय झण्डा र सशस्त्र प्रहरी बलको झण्डा फहराएको छ ।

६ हजार ३८ मिटर अग्लो चुलु हिमाल आरोहण मात्रै नभई यो सफलता आफ्नो गाउँ, समाज, परिवार र सशस्त्र प्रहरी बललाई समर्पित रहेको उनले बताए । अब हिमालमा फसेका जो कोहीलाई पनि उद्धार गर्न सक्ने उनको विश्वास छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!