
विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा आन्द्रे रसेलले अलराउण्ड प्रदर्शन गर्दा विराटनगरले जनकपुरविरुद्ध रोमाञ्चक जित निकालेको हो ।
ब्याटिङमा अर्धशतक बनाएका रसेलले बलिङमा इनिङ्सको अन्तिम बलमा विकेट लिए । विराटनगरले १७६ रनको लक्ष्य दिएको थियो । जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनायो । अन्तिम बलमा विकेट लिएका रसेलले खेलमा ४ विकेट लिए ।
विराटनगरले सुरुवाती दुई खेलमा हार व्यहोरेको थियो । पछि लगातार दुई खेल जित्दै ४ खेलबाट ४ अंक जोडेको छ । यता, जनकपुरले चार खेलमा व्यहोरेको यो दोस्रो हार हो । जनकपुरले पनि ४ खेलबाट ४ अंक नै जोडेको छ ।

संगालोखबर 
























