संगालोखबर

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिकाका वासिन्दाले मोरङको कटहरीस्थित जीवन विकास सामुदायिक अस्पतालमा सहुलियत दरमा उपचार पाउने भएका छन् । जीवन विकास अस्पतालले देवानगंजवासीलाई उपचारमा १० देखि ५० प्रतिशतसम्म छुट दिने भएको हो ।

Advertisement

जीवन विकास सामुदायिक अस्पताल र देवानगन्ज गाउँपालिकावीच उपचार सहुलियत सम्बन्धी सम्झौता भएको छ । देवानगंज गाउँपालिकाका उप-प्रमुख कुमारी विभा यादव र जीवन विकास अस्पतालका संचालक तथा प्रशासन प्रमुख अनिताकुमारी गच्छदारले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार देवानगंज गाउँपालिकाका स्थायी बासिन्दा, जनप्रतिनिधि, स्थानीय तहका शिक्षक, कर्मचारी र उनीहरूका परिवारका सदस्यहरूले अस्पतालमा उपलब्ध सेवाहरूमा छुट पाउनेछन् ।

अस्पतालमा उपलब्ध हुने बहिरङ्ग सेवा (ओपीडी), आकस्मिक सेवा, बेड शुल्क, प्रयोगशाला, रेडियोलोजी, फिजियोथेरापी, शल्यक्रिया, दन्त सेवा, डेन्टल ल्याब, सीटी स्क्यान तथा एमआरआई लगायतका सेवाहरूमा छुट दिइनेछ ।

२०० बेडको जीवन विकास सामुदायिक अस्पतालमा २४ सै घण्टा इमर्जेन्सी तथा ट्रमा केयर, आईसीयू, एनआईसीयू, एचडीसीयू, सीसीयू लगायतबाट अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ । अस्पतालले अत्याधुनिक मोड्युलर अपरेसन थिएटरमार्फत जटिल शल्यक्रिया तथा विशेषज्ञ उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!