संगालोखबर


विराटनगर । नेपालको चर्चित चाउचाउ ब्रान्ड ‘रमपम’ अन्तर्राष्ट्रिय क्रिकेटको मञ्चमा छाएको छ । भारत र वेस्ट इन्डिजबीच आयोजित क्रिकेट प्रतियोगितामा विराटनगरमा उत्पादित रमपम ‘ग्राउन्ड स्पन्सर’ को रूपमा सहभागि भएको हो ।

खेलका क्रममा बाउन्ड्रीको विज्ञापन स्क्रिनमा भारतीय क्रिकेटका स्टार खेलाडीहरू विराट कोहली र रोहित शर्मासँगै नेपाली ब्रान्ड रमपमको विज्ञापन देखिएको छ ।  यसले नेपाली ब्रान्डलाई विश्वभरका दर्शकमाझ चिनाउन सफल भएको कम्पनीले जनाएको छ ।

अन्तर्राष्ट्रिय खेलकुद प्रसारणहरूमा नेपाली व्यावसायिक घराना तथा स्वदेशी ब्रान्डको उपस्थितिलाई नेपालका उद्योगी-व्यवसायीहरूले खुसी व्यक्त गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!