
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९३ हजार तीन सय रुपैयाँ कायम भएको हो ।
बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार पाँच सय रुपैयाँ कायमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि स्थिर छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला चार हजार चार सय २५ रुपैयाँ कायम भएको छ । बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

संगालोखबर 



















