काठमाडौं, १२ कात्तिक । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले अब वाम एकताबाट कोहीपनि भाग्न नपाउने बताएका छन् ।

Advertisement

नेपालका कम्युनिष्टहरुका कारण देशमा ठूला ठूला परीवर्तन भएकोले अव जनताको समृद्धिका लागि बाम एकताबाट कोही भाग्न नहुने उनले बताए ।

‘संघिय गणतन्त्र नेपाल स्थापना गर्न सबैभन्दा ठूलो योगदान नेपालका बामपन्थीको छ, कम्युनिष्टहरु बलिदान नचढेको सबैभन्दा बढी जनताका मौलिक हक भएको संविधान संविधानसभाबाट आउँदैनथ्यो,’ एमाले र माओवादीका सम्पर्क मञ्चहरुको संयुक्त बाम भेलालाई सम्बोधन गर्दै उनले भने ‘चुनावमा बहुमत ल्याउनु एउटा साधन हो, साध्य निकालौँ जनताको समृद्धि ।’

उनले कम्युनिष्टहरु धेरैदिन सरकारमा बस्न नपाएपनि बसेको समयमा छाप रहनेगरी काम गरेकोले देशको समृद्धि कम्युनिष्टले मात्र ल्याउने बताए ।

उनले बाम तालमेलले प्रतिकृयाबादी बृत्तमा भूईँचालो गएकोले कम्युनिष्टहरुले अधिनायकबाद ल्याउने हौवा पिटाएको आरोप लगाए ।

‘यो चिल आयो भनेर हल्ला गरेर आफूले कुखुरा चोर्ने धुत्र्याईँ, अरु कुनै बैचारीक प्रतिस्पर्धा गर्ने सामथ्र्य नभएपछि जनमत भड्काउने भारतसंग मिलेर अन्तराष्ट्रिय शक्ति भड्काउन सकिन्छ कि भनेर गरीएको षड्यन्त्र हो ’ उनले भने ‘हतास मानसिकता र निभ्ने बेलाको बत्ति हो ।’

उनले मतपत्र फरक फरक भएपनि चुनाव हुन नदिनका लागि बदमासी गरीएको आरोप लगाए । ‘२ मतपत्रमा ४ फरक फरक खण्ड छन, यस्ता बदमास प्रश्नहरुमा अल्झेर चुनाव भाँड्ने षड्यन्त्र हुँदै छ ।’ उनले भने ।  ज्ञवालीले हिँजोका भावनात्मक घाउहरु भएकोले त्यसलाई पुर्न जरुरी भएको पनि बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!