
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार सात सय रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार दुई सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला तीन लाख तीन हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला चार हजार सात सय ७५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला चार हजार आठ सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 

















