काठमाडौं, १२ कात्तिक । टिकट बाँडफाँड कार्यदलले तयार पारेको सूचिमाथि छलफल गरी पार्टीबाट अनुमोदन गर्न एमालेको स्थायी समिति वैठक बसेको छ । वैठक एमाले उपाध्यक्ष बामदेव गौतमको निवास भैसीपाटीमा बसेको छ ।

Advertisement

हिजो राती अवेरसम्म बसेको कार्यदल वैठकले एमाले, माओवादी र अन्य सहयोगी दलका उम्मेद्वारका लागि क्षेत्र बाँडफाँड गरेको थियो । कार्यदलले तयार पारेको क्षेत्र बाँडफाँडको सिफारिसलाई दुवै पार्टीबाट अनुमोदन गराएपछि सार्वजनिक गरिने जनाइएको छ ।

आज नै निर्वाचन आयोगमा दलहरुले समानुपातिक तर्फका उम्मेद्वारको नाम सच्चाउने अन्तिम दिन हो । यस विषयमा पनि वैठकमा छलफल हुने एमाले स्रोतको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!