काठमाडौं, १२ कात्तिक । माओवादीसँगको सिट बाँडफाँड अधिकांश स्थानमा टुंगिएसँगै एमालेले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार छनोट शुरु गरेको छ ।

Advertisement

सिट बाँडफाँड नमिलेका केही क्षेत्रको टुंगो लगाउन दुवै दलका शीर्षनेतासहित कार्यदलको बैठक शनिवार अबेरसम्म बसेको थियो । एमाले शीर्ष नेतृत्व तहमा भएको छलफल अनुसार प्रतिनिधिसभाका ४० भन्दा बढि उम्मेदवार सर्वसम्मत जस्तै भएकाले उनीहरुको नामलाई औपचारिकता दिनमात्र बाँकी छ ।

पार्टीका पदाधिकारीमध्ये उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र उपमहासचिव घनश्याम भुसालको निर्वाचन क्षेत्र तय हुन बाँकी छ ।

एमालेले सिट बाँडफाँड टुंगिएपछि सबैभन्दा पहिले समानुपातिकको बन्द सूचीमा हेरफेर गरेर उम्मेदवारको टुंगो लगाउने भएको छ । बन्द सूचीमा हेरफेर गरेर उम्मेदवारको अन्तिम सुची आजै निर्वाचन आयोगमा बुझाउनुपर्नेछ ।

समानुपातिक उम्मेदवारको टुंगो लगाउने क्रममै सर्वसम्मत भएर आएका क्षेत्रमा प्रत्यक्ष उम्मेदवारको पनि टुंगो लगाइने एमाले सचिव गोकर्ण विष्टले बताए । प्रतिनिधिसभाका धेरैजसो क्षेत्रमा उम्मेदवारको अनौपचारिक टुंगो लागिसकेको उनले बताए ।

एमाले स्रोतका अनुसार दोस्रो चरणमा चुनाव हुने निर्वाचन क्षेत्रमध्ये इलाममा झलनाथ खनाल र सुवास नेम्वाङ उम्मेदवार बन्नेछन् । त्यस्तै झापा ४ मा एलपी साँवा र ५ मा केपी शर्मा ओलीको निर्णय हुनेछ । अन्य क्षेत्रमा छलफल चलिरहेको छ ।

मोरङ २ मा ऋषिकेश पोखरेल, ३ मा भानभक्त ढकाल र ६ मा लालबाबु पण्डित उम्मेदवार बन्नेछन् । अन्य क्षेत्रमा माओवादीसँगको बाँडफाँडका आधारमा उम्मेदवार तय हुने जिल्ला अध्यक्ष बिनोद ढकालले बताए ।

धनकुटामा राजेन्द्र राई उम्मेदवार बन्ने भएका छन् भने उदयपुर १ मा मन्जु चौधरी र २ मा जगन्नाथ खतिवडा उम्मेदवार बन्नेछन् ।

सुनसरीका उम्मेदवारको सन्दर्भमा पार्टीभित्र छलफल शुरु नभएको एक नेताले बताए । प्रदेश नम्बर २ मा पनि उम्मेदवारको बारेमा छलफल शुरु नभएको केन्द्रीय सदस्य रघुवीर महासेठले बताए । कांग्रेस र मधेसवादी दलको तालमेल हेरेर उम्मेदवार तय हुने उनले बताए ।

प्रदेश ३ को सन्दर्भमा एमालेले काभ्रे २ मा गोकुल बास्कोटा र भक्तपुर २ मा महेश बस्नेतको नाम तय गरिसकेको छ । त्यस्तै काठमाडौं २ मा माधव नेपाल, ३ मा कृष्ण राई,४ मा राजन भट्टराई, ५ मा ईश्वर पोखरेल र ७ मा रामवीर मानन्धरको निर्णय हुनमात्र बाँकी छ ।

ललितपुर १ मा एमालेबाट पूर्वडीआइजी नवराज सिलवाल र २ मा कृष्णलाल महर्जनले टिकट पाउने भएका छन् । चितवन १ मा सुरेन्द्र पाण्डे र २ मा कृष्णभक्त पोखरेल उम्मेदवार बन्ने भएका छन् । सिन्धुली १,मकवानपुर दुवै क्षेत्र र काठमाडौंका १ र ९ को बारेमा छलफल चलिरहेको छ ।

प्रदेश ४ अन्तर्गत तनहु १ मा किसानकुमार श्रेष्ठ र २ मा केदार सिग्देल उम्मेदवार बन्ने भएका छन् । त्यस्तै कास्की १ मा खगराज अधिकारी र २ मा रविन्द्र अधिकारी उम् बन्नेछन् ।

स्याङजा २ मा पद्मा अर्यालको सन्दर्भमा सहमति भइसकेको छ । नवलपपुर २ मा पार्टी अध्यक्ष तिलक महत उम्मेदवार बन्नेछन् ।

प्रदेश ५ को नवलपरासी १ मा हृदयेश त्रिपाठी,रुपन्देही २ मा बिष्णु पौडेलको निर्णय भइसकेको छ । पाल्पा १ मा दलवहादुर राना उम्मेदवार बन्नेछन् भने २ मा ठाकुर गैरेको नाम छलफल अघि बढेको छ ।

गुल्मी १ मा प्रदीप ज्ञवाली र २ मा गोकर्ण विष्टको निश्चित भइसकेको छ भने दाङ १ मा मेटमणि चौधरी उम्मेदवार बन्नेछन् । कपिलवस्तु २ मा बृजेशकुमार गुप्ता उम्मेदवार बन्ने भएका छन् ।

त्यस्तै बर्दिया १ मा बामदेव गौतम र बाँके २ मा पशुपतिदयाल मिश्रको निश्चित भइसकेको छ ।

प्रदेश ६ को सुर्खेत १ मा धु्रवकुमार शाही र २ मा यमलाल कँडेल उम्मेदवार बन्ने भएका छन् । प्रदेश ७ को कैलाली १ मा गरिमा शाह, २ मा झपट रावल र ५ मा नारदमुनी राना उम्मेदवार बन्नेछन् ।

त्यस्तै डोटीमा प्रेम आले,अछाम १ मा भीम रावलको पनि निर्णय हुने प्रक्रियामा रहेको छ ।

अनौपचारिक टुंगो लागेका एमालेका उम्मेदवार

केपी शर्मा ओली,झापा ५
माधवकुमार नेपाल,काठमाडौं २
झलनाथ खनालःइलाम १
सुवास नेम्वाङ,इलाम २
एलपी साँवा,झापा ४
ऋषिकेश पोखरेल,मोरङ २
भानुभक्त ढकाल,मोरङ ३
लालबाबु पण्डित,मोरङ ६
राजेन्द्र राई,धनकुटा
तेजमान कन्दङ्वा,तेह्रथुम
मन्जु चौधरी,उदयपुर १
जगन्नाथ खतिवडा,उदयपुपर २
गोकुल बास्कोटा,काभ्रे २
महेश बस्नेत, भक्तपुर २
कृष्ण राई,काठमाडौं ३
राजन भट्टराई, काठमाडौं ४
ईश्वर पोखरेल,काठमाडौं ५
रामवीर मानन्धर काठमाडौं ६
नवराज सिलवाल,ललितपुर १
कृष्णलाल महर्जन,ललितपुर २
सुरेन्द्र पाण्डे,चितवन १
कृष्णभक्त पोखरेल, चितवन २
किसान श्रेष्ठ,तनहु १
केदार सिग्देल,तनहुँ २
खगराज अधिकारी,कास्की १
रविन्द्र अधिकारी, कास्की २
पद्मा अर्याल,स्याङ्जा २
तिलक महत, नवलपुर २
हृदयेश त्रिपाठी,परासी १
बिष्णु पौडेल, रुपन्देही २
बृजेशकुमार गुप्ता,कपिलबस्तु २
दलवहादुर राना,पाल्पा १
प्रदीप ज्ञवाली, गुल्मी १
गोकर्ण विष्ट, गुल्मी २
मेटमणि चौधरी,दाङ १
पशुपतिदयाल मिश्र,बाँके २
बामदेव गौतम,बर्दिया १
धु्रवकुमार शाही, सुर्खेत १
गरिमा शाह, कैलाली १
झपट रावल, कैलाली २
नारदमुनि राना,कैलाली ५
प्रेम आले, डोटी
भीमवहादुर रावल, अछाम १ –अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!